आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गरेको आरोपमा टर्कीएद्वारा ३२ सन्दिग्ध पक्राउ

एजेन्सी


काठमाडौँ । टर्किएले इस्तानबुलका विभिन्न नगरपालिकाका अधिकारीहरूसहित ३२ जना सन्दिग्धहरूलाई आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गरेको आरोपमा पक्राउ गरेको छ । इस्तानबुलका प्रमुख सार्वजनिक अभियोजकको कार्यालयले बताएअनुसार सन्दिग्धहरूले प्रतिबन्धित क्रान्तिकारी जनमुक्ति पार्टी–फ्रन्टलाई सहयोग गर्न एक समिति गठन गरेका थिए ।
अधिकारीहरूले इस्तानबुलका धेरै जिल्ला नगरपालिकाहरूद्वारा आयोजित भ्रष्ट टेन्डरहरू मार्फत रकम प्राप्त गरिएको खुलासा गरेका छन् । अभियोजकको कार्यालयले पक्राउ वारेन्ट जारी गरेपछि प्रहरीले टर्कीका प्रान्तहरू सामसुन, बुर्सा, इज्मिर र इस्तानबुलका ३१ स्थानहरूमा एकैसाथ कारबाही सुरु गरेको छ ।
टर्किएले आतङ्कवादी सङ्गठनको रूपमा तोकेको डिएचकेपिसीलाई २०१३ मा अंकारामा अमेरिकी दूतावासमा आत्मघाती बम विस्फोटसहित देशमा भएका थुप्रै आक्रमणहरूको लागि दोषी ठहर गरिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















