शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न अर्जुननरसिंह केसीको माग

नवलपुर टुडे


काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले पटक पटक नेपाल शिक्षक महासंघसँग गरेका सम्झौता कार्यान्वयन गरेर शिक्षकहरूलाई काममा पठाउन माग गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा सांसद केसीले सरकारको ध्यानाकर्षण गराउँदै सम्झौता नगर्नू कुरा खेदजनक भएको बताएका हुन् ।
‘लाखौँ शिक्षकसँग गरेको प्रतिबद्धता पालना सरकारले गरोस्, विद्यालय ऐन जारी गरेर १७, १८ थरीको शिक्षक एकीकृत गर्ने काममा लागोस्’, केसीको भनाइ छ ।
साथै उनले सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ, एकल वा अपाङ्गलाई राष्ट्रिय परिचयपत्रको व्यवस्था गरिए पनि प्रविधिले काम नगर्दा सास्ती भएकाले गुनासो आएकाले सरकारले त्यसबारेमा समयमै सोच्नुपर्ने बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















