Opens in a new tab

अर्थ

सात महिनामा वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

रासस
२०८१ फाल्गुन २७ | बिहान ०७:११ बजे
काठमाडौँ, फाल्गुन  २७ । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरूले ठूलो धनराशी विदेश लगेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ।

सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो। बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो।

सो अवधिमा खुद सेवा आय रु ५० अर्ब २२ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३६ अर्ब ३८ करोडले घाटामा थियो।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात  प्रतिशतले वृद्धि भई रु ४९ अर्ब २१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ४५ अर्ब ६८ करोड थियो।

कमेन्टहरु