बुढिनन्दाको पाण्डुसैनमा खाद्य डिपो स्थापना

उमेश रोकाया


बाजुरा , फागुन २६ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा रहेकोे बुढिनन्दा नगरपालिकाको पाण्डुसैनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनिको डिपो स्थापना गरिएको छ । बुढिनन्दा नगरपालिकाका ७, ८, ९ र १० नम्वर वडाका नागरिकहरुलाई लक्षित गरि साविकको पाण्डुसैनमा खाद्यन्न डिपो स्थापना गरिएको हो ।
खाद्यन्न डिपोको सोमबार एक औपचारिक कार्यक्रमका विच बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराले उद्धघाटन् गरेका छन् ।बुढीनन्दा नगरपालिकाको पहलमा साबिकको पाण्डुसैन गाबिसका ४ ओटा वडा ७, ८, ९ र १० वडालाई लाभान्वित हुने गरी वडा न १० मा खाद्य डिपो स्थापना गरिएको हो ।
सरकारको अनुदानबाट सर्वसाधारण नागरिकहरुलाई सहुलियत मुल्यमा खाद्यन्न उपलव्ध गराउनका लागि डिपो स्थापना गरिएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहराले बताएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















