इन्टरपोलबाट रेड नोटिस जारी भएका आशिष बुढाथोकी पक्राउ

नवलपुर टुडे


काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–२ चियाबारी बस्ने २७ वर्षीय आशिष बुढाथोकी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।
आचार्यका अनुसार प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ फेब्रुअरी १४ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।
पक्राउ परेका बुढाथोकीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















