दाउन्नेमा ट्रक र बस ठोक्किएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर टुडे


नवलपुर । नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ । गएराति ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको हो । अहिले सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म छ ।
अहिले ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यो क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडक भत्किएर खाल्डाखुल्डी भएकाले लामो समयदेखि यात्रुहरुले सास्ती भोग्दै आएका छन् । चालकहरुले लेन मिचेर सवारी चलाउनाले पनि यस क्षेत्रमा दुर्घटना हुने गरेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















