पूर्व संविधान सभा सदस्य इस्लाम हवारी राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश

नवलपुर टुडे


दिपेन्द्र सहनी
पर्सा, नेपाल । राष्ट्रिय मुक्ति पार्टी नेपालमा आज पूर्व संविधान सभा सदस्य एवं आम जनता पार्टीका केन्द्रीय सचिव माननीय इस्लाम हवारी प्रवेश गरेका छन् । पर्सा जिल्लामा आयोजित विशेष कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री माननीय राजेन्द्र महतोको हातबाट हवारीले औपचारिक रूपमा पार्टीको सदस्यता ग्रहण गरेको छ ।
कार्यक्रममा माननीय इस्लाम हवारीसँगै अन्य दर्जनौँ नेता तथा कार्यकर्ताहरू पनि राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । यस अवसरमा पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध कलवार लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता पार्टीका पर्सा जिल्ला अध्यक्ष राजेश साहले गरेका थिए । कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका विभिन्न नेताहरूले नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै पार्टीको वैचारिक मार्गदर्शनबारे जानकारी गराए ।
पार्टी प्रवेशपछि माननीय इस्लाम हवारीले राष्ट्रिय मुक्ति पार्टी नेपाल मधेश सहित देशको अधिकार र पहिचानको लागि लड्ने एकमात्र पार्टी भएको बताए । उनले राष्ट्रिय मुक्ति क्रान्तिलाई अझ सशक्त बनाउन आफ्नो पूर्ण योगदान रहने र यो देश बहुलराष्ट्र बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।
यस पार्टी प्रवेशसँगै पर्सा जिल्लामा राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन थप बलियो भएको पार्टीका नेताहरूले बताएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















