प्रहरीले गुड्डु पासवानलाई गोली हानेरै लियो नियन्त्रणमा

नवलपुर टुडे


काठमाडौं । २०७९ असोजको पहिलो साता गोली हानी हत्या गरिएका लाल मोहम्मदमाथि गोली चलाउने गुड्डु पासवानलाई आइतबार प्रहरीले काठमाडौंमा गोली हानेर नियन्त्रणमा लिएको छ । काठमाडौंको मनोहरा नगरपालिकास्थित गोठाटारमा मोहम्मदको गोली हानी हत्या गरिएको थियो । त्यसबेला उनीमाथि गोली हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा २१ वर्षीय महोरम मियाँ, १९ वर्षीय रेहान मियाँ र २१ वर्षीया सुमी स्याङताङ रहेका थिए । मोहम्मदको हत्या किन भएको थियो भन्ने बारेमा प्रहरीले त्यसबेलादेखि नै अनुसन्धान जारी राखेको थियो । प्रहरीले मोहम्मदलाई गोली हान्ने व्यक्ति गुड्डु पटेल भएको भन्दै खोजी जारी राखेको थियो ।
उनै पटेललाई आइतबार गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । काठमाडौंको टोखाबाट झोर जाने बाटोमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















