हिमालीमा बाघको आक्रमणमा ४५ वटा बाख्रा मरे

उमेश रोकाया


बाजुरा , फागुन १५ । बाजुरामा बाघको आक्रमणमा परी ४५ वटा बाख्रा मरेका छन् । जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर ५ क्युरीका हिमाल बुढथापाका ४५ वटा बाख्रा बाघको आक्रमणमा परी मरेका हुन् ।
बिहीवार बिहान २ बजेको समयमा बुढथापाको घरभन्दा करिब एक सय मिटर टाढा रहेको कच्ची खोरमा बाघ पसेर ४५ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताए । उनका अनुसार खोरमा रहेका ४५ वटा बाख्रा मध्ये केही साना पाठा खाएका छन् भने अरु सबै खोरमा मरेको अवस्थामा भेटिए ।
बिहान बाख्री खोरमा जाने क्रममा खोरमै पसेर सबै बाख्रा बाघले आक्रमण गरी मारेको खबर बुढथापाले प्रहरीलाई जानकारी गराएका थिए । सो खबर पाए पश्चात् अस्थायी प्रहरी पोष्ट कुवाडीबाट प्रहरीको टोली गएको थियो । यसरी खोरमै पसेर बाघले सबै बाख्रा मारी दिएपछि स्थानीय बुढथापा चिन्तित बनेका छन् ।
त्यस्तै जिल्लामा यस बर्षको हालसम्म प्रहरीको तथ्यांकमा आएअनुसार बाघको आक्रमणबाट ६३ बाख्रा मरेका छन् भने २१ वटा घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















