रारा ताल किनारको डाँफे होटलमा आगलागी

नवलपुर टुडे


मुगु । मुगुस्थित रारा ताल किनारमा रहेको डाँफे होटलमा आगलागी भएको छ । बुधबार राति ११ बजेतिर आगलागी भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुमार न्यौपाने बताए ।
‘आएको पाहुनाहरू सबै सुतिसकेका रहेछन्, भान्साको काम सकेर होटेल कर्मचारी निस्कनुभयो,’ उनले भने, ‘त्यही भान्साबाट आगो सुरु भएर सबै सामानहरू जलेर नष्ट भयो । मानवीय क्षति भने भएको छैन ।’ उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यहाँ पुगेर आगो नियन्त्रण गरिसकेको छ । नेपाल प्रहरीको टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ । ‘म पन संयोगले यही आएको थिएँ, उनले भने, ‘के कति क्षति भयो भन्ने विस्तृत विवरण पछि आउला ।’
नजिकै ताल भएपनि सामग्री हुँदा नियन्त्रण गर्न कठिनाइ हुँदा सबै जलेर नष्ट हुन पुगेको उनले बताए । उक्त होटेल पूर्व सांसद गोपाल बमको हो । यो होटेल रारा ताल किनारको एकमात्र होटेल हो ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















