समाज

विजयनगरमा दुर्गा भवानीको मन्दिर प्रहरी उपरीक्षक भट्टद्वारा समुद्घाटन

धर्मेन्द्र कुमार कुर्मी
२०८१ फाल्गुन १४ | मध्यान्ह ०७:११ बजे

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ४ मा रहेको प्रहरी चौकी पत्थरदेइयामा नव निर्मित दुर्गा भवानीको मन्दिर आज जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टद्वारा समुद्घाटन गरिएको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै प्रहरी संग हातेमालो गरेर मन्दिर निर्माणमा सहयोग गर्नु भएका सम्पूर्ण प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै प्रहरीले सामाजको सुरक्षाका साथ साथै सामाजिक, सांस्कृतिक धार्मिक सहिष्णुता कायम राख्नमा समेत प्रहरी हरू सधै तत्पर रहने बताए।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादवले निकै प्रयास पछि आज मन्दिरले पूर्णता पाएको प्रति सम्पूर्ण सहयोगी हरूलाई धन्यवाद व्यक्त गर्दै स्थानीयका लागि समेत पूजा पाठ गर्न सजिलो हुने बताए।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले दुर्गा भवानीको मन्दिर निर्माणमा हातेमालो गर्नुभएका सम्पूर्ण लाई धन्यवाद दिदै प्रहरी चौकीको मर्मत सम्भारका लागि बजेट छुट्याउने बताए। कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक भटृले मन्दिर निर्माणमा स्थानीय व्यक्ति हरूको हातेमालो रहेको बताउदै सम्पूर्ण सहयोगी हात हरूलाई धन्यवाद दिनुभयो।

दुर्गा भवानीको मन्दिर निर्माणमा सहयोग गरेका लाई सम्मान समेत गरिएको थियो। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्द तथा प्रहरी चौकी पत्थरदेइयाका सहायक प्रहरी निरिक्षक मनिराम यादवको कार्यकालमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा राम नरेश पुरी, रबि पाण्डेय लगायत स्थानीय भद्र भलादमी हरूको बाक्लो उपस्थित रहेको थियो। गणेशपुर इलाका प्रहरी कार्यालय गणेशपुरकी प्रहरी सहायक निरिक्षक सृजना पुरीले कार्यक्रम संचालन गर्नुभयो।

photo 2025 02 26 19 03 18

कमेन्टहरु