समाज

मौलिक पहिचान संरक्षणमा सामाजिक संगठनहरुको भूमिका महत्वपूर्ण

नवलपुर टुडे
२०८१ फाल्गुन १२ | मध्यान्ह ०४:११ बजे

बुटवल, फागुन १२ । विभिन्न जातजातिका सामाजिक मूल्य र मान्यता तथा भाषा, संस्कार र संस्कृति जस्ता जातिगत तथा क्षेत्रगत मौलिक पहिचानहरु संरक्षण र पुस्ता हस्तान्तरण गर्ने कुरामा स्थानीय रुपमा क्रियाशिल विभिन्न संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुने कुरामा एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।

नेपाल मगर संघ बुटवल उपमहानगर समितिले सोमबार बुटवलमा आयोजना गरेको २१ औं शताब्दीमा मगर संघको आवश्यक्ता र औचित्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

नेपालको हकमा विशुद्ध रुपमा नागरिक र सामाजिक तवरबाट क्रियाशिल मगर संघ जस्ता सामाजिक संघहरुले मौलिक पहिचानलाई स्थापित तथा पुस्ता हस्तान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्नेमा उनीहरुको जोड छ । मगर समुदायलाई आजको अवस्थाको सचेत नागरिक तयार पार्ने तथा राज्यलाई जनताप्रति उत्तरदायी बनाउने कुरामा मगर संघ जस्ता सामाजिक संघहरुको उपज रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले दावी गरेका छन् ।

photo 2025 02 24 16 23 24

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दल बहादर वीरकट्टामगर, नेपाल मगर संघका लुम्विनी प्रदेश बरिष्ठ उपाध्यक्ष जनक थापामगर, संघका रुपन्देही जिल्ला अध्यक्ष थर्क बहादुर बारघरेमगर, उपप्राध्यापक धन बहादुर रेस्मीमगर लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल मगर संघ बुटवल उपमहानगर समिति अध्यक्ष बसन्ती साठिघरेमगरको अध्यक्षता, उपाध्यक्ष लुम बहादुर सारुको स्वागत तथा सचिव हेमन्त बुढाथोकीमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्टहरु