प्रधानमन्त्री ओली जनताप्रति जिम्मेवार नभएको भीम रावलको आरोप

नवलपुर टुडे


काठमाडौं, फागुन ६ । मातृभूमि जागरण अभियानका प्रस्तावक डा भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कामहरूले उनी जनताप्रति जिम्मेवार नभएको प्रस्ट हुने जिकिर गरेका छन् । विभिन्न १५ बुँदामा ओलीले गरेका काम उल्लेख गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाही गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्त्वपूर्ण पद र अवसर दिने तर आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई ुकार्वाईुको डन्डा चलाउने कार्यले पनि उनी पार्टी र जनताप्रति इमानदार नरहेको प्रस्ट हुने रावलको भनाइ छ ।
भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याउने र त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोक्ने दुराशयले संक्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने निर्णय मन्त्रिपरिषद्बाट गर्ने काम पनि जनविरोधी भएको उनले उल्लेख गरेका छन् ।
जलवायु परिवर्तनको कारण नेपालको बिग्रँदो वातावरण र पर्यावरणप्रति संवेदनशील हुनुको साटो बनजंगल र बाघको सङ्ख्या घटाउनु पर्छ भन्दै विनाशको पक्षपोषण गरेको रावलको आरोप छ ।
नेपालको संविधानद्वारा प्रदत्त लेख्ने, बोल्ने र सभा, सङ्गठनलाई कुण्ठित गर्ने किसिमको कानुन ल्याउने तर राष्ट्रिय एकता, सामाजिक सद्भाव र शिष्टता विपरीतका खुला गतिविधिप्रति आँखा चिम्लिने तथा आफ्ना पार्टीका कार्यकर्ताहरूलाई आलोचकहरूका विरुद्ध अशिष्ट र उद्दण्ड किसिमले सामाजिक सञ्जालमा लेख्न र सामग्री प्रेषित गर्न उक्साउने कार्यको पनि रावलले विरोध गरेका छन् ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















