एमाले कपिलवस्तुको ‘जरा केन्द्रित अभियान’ : हरेक घर घरमा पुग्ने तयारी
नन्द किशोर कुर्मी (लालु)


कपिलवस्तु । नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तु जिल्लामा जरा केन्द्रित अभियान मार्फत हरेक घर घरमा पुग्ने तयारीमा जुटेको छ । पार्टी जिल्ला कमिटिको द्रोस्रो बैठकले पार्टीलाई हरेक मतदाताको घरघरमा जोड्ने गरि ३ महिनासम्म अभियान संचालन गर्ने निर्णय गरेको छ ।
बैठकमा सम्वोदन गर्दै प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा भुमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले पार्टीलाई माथी पुर्याउन जिम्मेवारी लिनुपर्ने बताए । कपिलवस्तुलाई केन्द्रले हेर्ने नजर पहिलेको तुलनामा धेरै फरक भएको बताए । जिल्लाले केन्द्रमा आफ्नो विश्वास राख्न सक्ने भएकाले त्यसलाई कायम राख्न जरुरी रहेको बताए ।
फरक प्रंगमा बोल्दै अधिकारीले जनता सङ बोलेको कुरा पूरा गर्ने बेला बिरोध गर्न नमिल्ने बताए । चुनावका समयमा जनतालाई भुमी सम्बन्धि समस्या समाधान गर्छु भन्दै भोट लिने अहिले विधेकको विरोध गर्न नमिल्ने बताए । भुमिहिन सुकुम्बासीलाई जग्गा सरकारले दिने कुरामा विश्वस्त रहन आग्रह गरे । अव्यवस्थित बसोबास गरिरहेका जनतलाई हटाउन नसकिने हुदा केही कर लिएर यसको व्यवस्थापन सरकारले गर्ने बताए ।
बैठकमा जिल्ला ईन्चार्ज गिरिधारीलाल न्यौपानेले नेकपा एमालेले गरेका काम जनताका बिचमा राखेर जनतलाई सोध्यो भने पनि जनताले खुलेरै भन्न सक्ने हुदा एमालेलाई सिध्याउन खोज्ने गिरोह सफल नहुने बताए । एमालेलाई गरिब जनता संगको सवाल भएको हुदा यसले जनताको हितमा निरन्तर काम गर्दै आएको छ । अहिले एमालेले भुमि सम्बन्धी समस्या समाधान गर्यो भने पुन जनता एमालेमय हुने हुदा यसको विरोधमा लागेको बताए । उनले जनतालाई आलोचना गरेर होइन, राम्रो कामको प्रशंसा गरेर जनतालाई एमालेमय बनाउन सके ०८४ मा चुनाव जित्न सकिनेमा जिकिर गरे ।
केन्द्रिय सदस्य सुशील कुमार श्रिवातस्वले एमाले नेतृत्वको सरकारले गरेका राम्रो कामको प्रचार भएको बताउनु भयो । पार्टी केन्द्रीय निर्वाचन आयोग सदस्य झविलाल प्रोख्रेलले भुमिहिनका समस्या समाधानमा लागि पार्टीले गरेका योगदानको चर्चा गर्नु भएको थियो । प्रदेश सदस्य डम्मर शर्माले अभियानले जनता सँग अन्तरकृया गरि रचनात्मक सुझाव ग्रहण गरि लागू गर्ने बताउनु भयो ।
दोस्रो बैठकले फागुन ७ गते विजयनगरमा हुने जिल्ला स्तरीय प्रशिक्षणमा जिल्ला कमिटि, पालिका कमिटिका पदाधिकारी र जन संगठनका जिल्ला पदाधिकारी र सो भन्दा उपल्लो कमिटिलाई सहभागी गराउने निर्णय भएको जिल्ला अध्यक्ष बाबुराम खनालले बताउनु भयो ।
एमाले जिल्ला सचिव सिबि गहतराजले जिल्ला कमिटिमा २८ जना सदस्य मनोनित गरिएको बताउनु भयो । बैठकमा १० पालिकाका अध्यक्षले वडा तथा टोल कमिटि गठन भएको रिपोटिङ गरेका थिए ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















