रूसी ड्रोन आक्रमणमा तीन युक्रेनीको मृत्यु
दिप्शन गुरुङ


युक्रेनले १२ वटा रूसी क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको बदलामा रूसले युक्रेन नजिकै ड्रोन आक्रमण गरेको हो । युक्रेनी आक्रमणका कारण एक विशाल रूसी कारखानामा सेवा अवरूद्ध भएको थियो ।
मस्कोले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेयता राजधानीमा हरेक दिन ड्रोन वा क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ ।
युक्रेनी आपत्कालीन सेवाले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “किएभ क्षेत्रमा शत्रुको आक्रमणमा परी तीनजनाको मृत्यु भएको छ ।” उक्त क्षेत्रका प्रमुखले एक निजी घरमा आक्रमण भएको बताए । ड्रोनका टुक्राहरू १० तले आवासीय भवनमा पनि ठोक्किएको बताइएको छ ।
युक्रेनी वायु सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले किएभ र पश्चिमी एल्भिभसहित सात क्षेत्रमा २५ वटा रूसी आक्रमणकारी ड्रोन खसालेको जनाएको छ ।
यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको अमानवीय आक्रमणको आलोचना गर्दै मस्कोलाई हतियार उत्पादन गर्नबाट रोक्न युक्रेनी सहयोगी राष्ट्रहरूले प्रतिबन्धहरू कडा पार्नुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रतिबन्धको उल्लंघन गरी आपूर्ति गरिएका शाहेद र अन्य क्षेप्यास्त्रको उत्पादनका लागि हरेक पक्षको जवाफदेहीता हुनुपर्छ ।”
रूसी अधिकारीहरूले मस्कोमा युक्रेनी ड्रोन आक्रमणलाई प्रतिकार गरेको बताएपछि किएभको बाहिरी भागमा आक्रमण भएको हो । रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले मस्को, कब्जा गरिएको क्रिमियन प्रायद्वीप र पश्चिमी ब्रायन्स्क क्षेत्रमा युक्रेनी मानवरहित १२१ वटा हवाई यान खसालेको जनाएको छ ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















