नेकपा एमाले कोसीका पूर्वसांसद पार्टीबाट निलम्बित

नवलपुर टुडे


विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश कमिटीले प्रदेशसभाका पूर्वसदस्य विमल कार्कीमाथिको कारबाहीको निर्णय अनुमोदन गरेको छ । कार्कीलाई पार्टीबाट ६ महिना निलम्बन गर्न सिफारिस गरिएको थियो । प्रदेश कमिटी बैठकबाट त्यसलाई अनुमोदन गरिएको हो ।
उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ ‘क’बाट ०७४ सालमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध सामाजिक सञ्जालमा आफ्नो अभिमत राखेका थिए । त्यसलाई अनुशासनविपरीत कार्य भन्दै निलम्बन गरिएको हो । कार्की एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् ।
पार्टीको नीतिविपरीत विभिन्न ढंगको क्रियाकलाप गरेकाले उनलाई कारबाही गरिएको एमाले कोसी प्रदेश सचिव राजकुमार भण्डारीले जानकारी दिए ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















