नवलपुरको दुम्कीबासमा डाइभर्सन सडकबाट यातायात संचालन

नवलपुर टुडे


नवलपरासी । ६० टनभन्दा धेरै गह्रुँगो सामान बोकेर आएको गाडीका कारण पुल भाँचिएपछि दुम्कीबासस्थित विनयी खोलामा वैकल्पिक सडक निर्माण गरेर यातायात संचालन गरिएको छ । कपिलवस्तुस्थित कृष्णनगर भन्सार कार्यालयबाट नेपाल भित्रिएको ६० टनभन्दा गह्रुँगो सामान बोकेको ट्रकका कारण विनयी खोलाको पुल शुक्रबार साँझ भाँच्चिएको हो ।
जिल्ला प्रहरीका सूचना अधिकारी जेसी शाहका अनुसार पुलदेखि ४ सय मिटर पश्चिममा रहेको दुम्कीबास बजारबाट उत्तर सिजी सिमेन्टडाँडा चौर भएर होंसी सिमेन्ट चोकमा निस्कने गरफ डाइभर्सन सडक निर्माण गरेर शुक्रबार राति साढे ८ बजेबाट गाडी सञ्चालनमा ल्याइएको छ ।राजमार्गमा रोकिएका सबै गाडी वैकल्पिक मार्गबाट पठाउन सुरु भएको डीएसपी शाहले जानकारी दिए ।
यो वैकल्पिक सडक करिब ७ किलोमिटर घुमाउरो छ । जिल्ला प्रहरीका सूचना अधिकारी जेसी शाहका अनुसार ७४ चक्के भारतीय मालवहाक लरीले हेटौंडास्थित शिवओम सिमेन्ट उद्योगको सामान ल्याउँदै गर्दा पुल भाँचिएको हो । यसले बोकेको सामान ६० टनभन्दा धैरै गह्रुँगो थियो ।अत्यधिक भार बोकेको मालबहाक ट्रक दाउन्ने पहाडको उकालो चढ्न नसकेपछि शुक्रबार दिउँसो दुई वटा डोजरले धकेलेर ल्याइएको हो ।

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?


दक्षिण कोरियाको कर लेखा परीक्षामा पहिलो भएका परीक्षार्थीले एआईको सहायतामा दिएका थिए परीक्षा

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

छठघाट रेखदेख गर्न बसेका ६० वर्षीय यादव मृत
अरुपनि पढ्नुहोस
सबै
संकटमा रैथाने बासमती : हाइब्रिडको विस्तार र सिँचाइ अभावले मौलिक बास्ना हराउँदै

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

रवि लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान
















