Opens in a new tab

भारत बसाइपछि फर्किए पूर्वराजा

नवलपुर टुडे

29Shares
dida bag ad

नेपालगन्ज । झण्डै दुई हप्ताको भारत बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज फर्किएका छन्। मंसिर १७ गतेदेखि नेपालगन्जमा बसिरहेका पूर्वराजा शाह पुस ७ गते भारत गएका थिए।

उनी आज अपराह्न ५ बजे नेपालगन्ज फर्किएका हुन्। भारतको लखनउमा गएका पूर्वराजाले त्यहाँ क–कसलाई भेटे आधिकारिक रुपमा बाहिर ल्याइएको छैन।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतलाई भेटेको बताइएको छ। पूर्वराजा केही दिन नेपालगन्ज बसेर काठमाडौँ फिर्ता हुँदै छन्। नेपालगन्जमा बसेर उनले नेपालगन्जको बागेश्वरी मन्दिर, राप्तीसोनारीको भुवरभुवानी मन्दिर, दाङ र बर्दिया जिल्लाको भ्रमण गरेका थिए।
पूर्वराजासँगै पूर्वरानी कोमल र छोरीहरु नेपालगन्जमा रहेका छन्।

अरुपनि पढ्नुहोस

सबै

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे