प्रमुख दलहरूको सहमतिमा संविधान संशोधन गरिन्छ : सञ्चारमन्त्री
दिप्शन गुरुङ


कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख राजनीतिक दलहरूसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । कास्कीको माछापुछ्रे गाउँपालिका–१, टुसेमा निर्मित नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । संशोधनका निम्ति संविधानको समीक्षा गरिने उनको भनाइ छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले भने, “सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरू शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुंगो लगाउने सरकारको योजना छ ।”
त्यस अवसरमा स्वीट्जरल्यान्डका एहमान स्टिफटङको पाँच करोड रुपैयाँ आर्थिक सहयोगमा निर्मित दिवा सेवा केन्द्र भवन आमास्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो । भवन निर्माणका निम्ति स्थानीय कर्णबहादुर गुरुङले आफ्ना स्व. आमा नाना र बुवा मोहनको स्मृतिमा चार रोपनी जग्गा प्रदान गरेका थिए ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















