पछिल्लो ६ घण्टामा डडेलधुरामा सबैभन्दा बढी, यी स्थानमा भयो वर्षा

नवलपुर टुडे


काठमाडौं । देशका केही स्थानमा मंगलबार रातिदेखि बदली (आकाशमा बादल), वर्षा र हिमपात भएको छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार, पछिल्लो ६ घण्टा (मंगलबार बिहान ९ बजेसम्म)मा डडेलधुरामा सबैभन्दा बढी वर्षा मापन गरिएको छ । डडेलधुराका केही स्थानमा वर्षा भएको उनले बताइन् ।
यो अवधिमा डडेलधुराको साहुखर्कमा सबैभन्दा बढी १५.६ मिलिमिटर वर्षा भएको छ । डडेलधुराकै डडेलधुरा वर्षा मापन केन्द्रमा ८.२, चौरबन्दलेमा ७ मिलिमिटर वर्षा मापन गरिएको छ । डोटीका केही स्थानमा पनि वर्षा भएको छ । डोटीको गैरामा ६.८, दिपायलमा ५.५ मिलिमिटर वर्षा मापन गरिएको छ ।
बैतडीमा ३.८, हुम्लामा २.२, कञ्चनपुरमा १ मिलिमिटर वर्षा भएको उनले जानकारी दिइन् । “त्यहाँ केही स्थानमा वर्षा भइरहेको छ, हुम्लामा हिमपात पनि भएको छ,” उनले भनिन् ।
उक्त पानी पार्ने प्रणाली विस्तारै पूर्वतिर सर्दै छ । त्यसले विभिन्न स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको उनले बताइन् । त्योसँगै चिसो बढ्नेछ ।
“काठमाडौंमा पनि आज राति फाटफुट वर्षाको सम्भावना छ,” मौसमविद् कँडेलले भनिन्, “भोलि पनि आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।”

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















