सुस्तामा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

नवलपुर टुडे


नवलपरासी, मंसिर ४ । नवलपरासीमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका- १ बरुवा चोकस्थित भित्री सडक खण्डमा बर्दघाटबाट त्रिबेणी तर्फ जादै गरेको लु २ ख ८९३ नम्बरको ट्रकले सोही दिशा तर्फबाट जादै गरेको साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट मृत्यु हुनेमा सुस्ता गाउँपालिका- १ बरुवा बस्ने बर्ष ६५ को रामजी नेपाली रहेको छ । नेपाली ट्रकको ठक्करबाट घाईते भएका थिए । घाईते नेपालीलाई उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पुर्याउदा डाक्टरले मृत घोषणा गरेको कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
ठक्कर दिने ट्रक र ट्रक चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी ल्याईएको बोहराले बताए ।

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
अरुपनि पढ्नुहोस
सबै
मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
















