Opens in a new tab

विमानस्थलबाट ५.७ किलो सुनसहित तीन जना विदेशी नागरिक पक्राउ

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं, कात्तिक २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.७ किलो सुनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन्। उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक .(पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ परेका हुन्।

उनीहरु मंगलबार साँझ एयर अरेबियाको उडान नम्बर जी ९५३० मा शारजाहबाट काठमाडौं आएका थिए। नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको छ।