राष्ट्रपति रामचन्द्र पाैडेल असोज २१ गते बाजुरा आउने

उमेश रोकाया


बाजुरा, असोज ११। सम्माननिय राष्ट्रपति रामचन्द्र पाैडेल यहि असाेज २१ गते बाजुरा आउनु हुने भएको छ। बाजुराकाे धार्मिक तथा पर्यटकिय स्थल जगतजननी बडिमालिका माता को दर्शन सहित माता नाटेश्वरी मन्दिर को समुद्घाटन गर्नको लागी राष्ट्रपति पाैडेल बाजुरा आउन लाग्नु भएको हाे।बाजुराकाे धार्मिक स्थल बडिमालिकाकाे दर्शन संगै जिल्लाकाे त्रिबेणि नगरपालिका वडा नम्बर ७ मा निर्माण गरिएको नाटेश्वरि मन्दिरकाे उद्दघाटन गर्नको लागी सम्माननिय राष्ट्रपति पाैडेल बाजुरा आउन लाग्नु भएको त्रिबेणि नगरपालिकाका नगर प्रमुखका स्वकिय सचिव खेमराज गिरीले बताएका छन्। साथै राष्ट्रपति पाैडेल संगै नेपाल सरकारका गृह मन्त्री रमेश लेखकलाई समेत निम्ताे गरिएको उनले बताए ।
मन्दिर उद्घाटन कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक, सास्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रि प्रसाद पाण्डे,शुदुरपश्चिम प्रदेश प्रमुख नजिर मिया, मुख्य मन्त्री कमल बहादुर शाह,लगायतकाे उपस्थित रहने भएको छ । बाजुराकाे धार्मिक तथा पर्यटकिय स्थल बडिमालिका संग जाेडिएकाे नाटेश्वरी मन्दिर काे निर्माणकाे लागी नेपाल सरकार र त्रिबेणि नगरपालिकाकाे साझेदारीमा कुल ६ कराेड ३७ लाखमा उक्त मन्दिर निर्माण गरिएको हाे।मन्दिरकाे उद्घाटन कार्यक्रममा सम्पुर्णकाे उपस्थितकाे लागी त्रिबेणि नगरपालिकाले अनुराेध गरेकाे छ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















