बुढिनन्दा नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा

उमेश रोकाया


बाजुरा, असोज ०७। बुढिननन्दा नगरपालिकाले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र मार्फत एम्बुलेन्स सेवा सोमबारबाट सुचारु गरेको छ । नगरपालिका भित्रका विरामी, गर्भवती, र सुत्केरी महिलाहरुको लागि सेवा दिने गरी एम्बुलेन्स सेवा संचालन गरिएको हो। एम्बुलेन्स सेवा संचालनपछि गरिब,विपन्न,वृद्धवृद्धा, विपदमा परेर घाइते भएकाहरुको समयमै उपचार पाउने गरी नगरपालिका र छिमेकी पालिकालाई सेवा प्रदान गरिने नगर प्रमुख जनकुमार बोहराले बताएका छन्।
नगरपालिकाले एम्बुलेन्स खरिदका लागि गत आर्थिक वर्षमा बजेट विजिनयोजन गरेको थियो ।
पालिकाले जनताको सेवाका संगै महामारी,गर्भवती महिला लगायत विपदमा परेका नागरिकको उपचारमा सहज होस भन्ने उद्देश्यका साथ एम्बुलेन्स सेवा संचालनमा ल्याएको नगर प्रमुख बोहराले बताए । नगरपालिकाले २ महिना पहिला मात्रै एम्वुलेन्स खरिद गरिएको नगर प्रमुख बोहराको भनाई रहेको छ । नगरपालिकाले एम्वुलेन्स सञ्चालनका लागि कार्यविधि बनाएर कार्यपालिका बाट स्वीकृति गराएर नगरबासीको सेवामा लाग्ने नगर प्रमुख बोहरा बताउछन् । पालिका भित्र नागरिकलाई सेवा दिन र छिमेकी पालिका स्वामिकार्तिक,जगन्नाथ ,हिमाली र छिमेकी जिल्ला हुम्ला र मुगुका तल्लो क्षेत्रका स्थानीय तहका जनतालाई समेत लक्षित गरेर एम्बुलेन्स सेवा संचालनमा ल्याएको नगर उप प्रमुख रामबहादुर बोहराले बताएका छन् ।
नगरपालिका भित्रका विकट क्षेत्रका नगरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्य सहित नगरपालिकाले एम्वुलेन्स सेवा सुरु गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहले जानकारी दिएका छन् ।
नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाको एम्बुलेन्स सेवाले नगरवासी र विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई स्वाथ्य सेवा लिनमा सहजता हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत साह भनाई रहेको छ । नगरपालिकामा एम्बुलेन्स थप भएसंगै सेवा उपलव्ध गराउन सहज हुने विश्वास लिइएको छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















