सिरहामा १० लाख बढी मूल्य चाँदीको गहनासहित युवक पक्राउ

रामएकवाल राम


सिरहा । सिरहा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी मूल्य बरावरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा पर्नेमा लहान ७ दुर्गामन्दिरबाट मोरङ्ग उर्लावारी नगरपालिका ५ का ३० वर्षीय दीपेन्द्र विश्वकर्मालाई करिब ८ केजी चाँदीको गहनासहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको हो ।
चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गा मन्दिरतर्फ आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले पैदल यात्रीले बोकेको कालो रङ्गको झोला चेकजाँच गर्दा १० लाख ४० हजार मूल्य बराबरको करिब ८ केजी चाँदीको गहनासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
प्रहरीले कहाँबाट र कसका लागि गहना ल्याएको भन्ने अनुसन्धान गरिरहेको र गर–गहनासहित विश्वकर्मालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सापकोटाले जानकारी दिए ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















