मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ

नवलपुर टुडे
२०८१ भदौ १८ | बिहान ०९:०५ बजे

रौतहट । रौतहटबाट मोटरसाइकल चोरी गर्ने पक्राउ परेका छन । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका- २ ईनर्वा टोल बस्ने अन्दाजी बर्ष ४२ को दिपेन्द्र प्रसाद पटेल रहेको प्रहरीले जनाएको छ ।
उमले भदौ ५ गते साझ देवाही गोनाही नगरपालिका- ४ देवाहीबाट मधेश प्रदेश ०३-०४८ प. २४२२ नम्बरको कालो रंगको पल्सर मोटरसाईकल चोरी गरेका थिए । सोही मोटरसाइकल धनीलाई फिर्ता गराई दिन्छु भनी मोटरसाइकल धनीसंग रु.४०,०००।- लिई मोटरसाइकल फिर्ता दिन आउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको निमित्त सुचना अधिकारी एवम प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए ।
निज पटेललाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भईरहेको जानकारी दिए ।























