लागुऔषध चरेस तथा अबैध भारतीय रुपयाँसहित दुई जना पक्राउ


कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बाट यात्रीगेटबाट ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध चरेस जस्तो देखिने एक किलो चार सय छ्यालिस ग्रामसहित शिवराज नगरपालिका वडा नं १ चैनपुर बस्ने ६४ बर्षिय कलिसरा पुन पक्राउ परेकी छन्।
सोही क्रममा प्रहरीले अनुसंधान गर्दै जादा चरेस जस्तो देखिने वस्तु भारतबाट खरिद गर्न आएका रूकुम पश्चिम जिल्ला बाफिकोट गाउँपालिका वडा नं ७ बस्ने ४० बर्षिय भिमसेन खत्री भारतीय रुपयाँ एक लाख दश हजारसहित कृष्णनगर नगरपालिका वडा नं २ पुरानो बसपार्कबाट पक्राउ गरिएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी गराएको छ।























