एकैदिन १८ जना फरार प्रतिबादी पक्राउ

नवलपुर टुडे
२०८१ भदौ १८ | बिहान ०६:०५ बजे

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत सोमबार १८ जना फरार प्रतिबादी पक्राउ गरेका छन ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्धाका १८ जना फरार प्रतिवादी पक्राउ गरिएको कार्यालयका सुचना अधिकारी एवम डीएसपी रेशम बोहराले जानकारी दिएको छ ।

पक्राउ पर्ने प्रतिबादीबाट रु. ९१,६३०/- रुपैयाँ जरिवाना असुल गरिएको छ । उनीहरुलाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत परासी पठाईए सोमबार उपस्थित गराएको बोहराले बताए ।
फरार प्रतिबादी पक्राउ अभियान अन्तरगत पछिल्लो ७ दिनमा १०४ जना पक्राउ परिसकेको र अभियान निरन्तर रुपमा संचालन हुने बोहराले जनाए ।























