रामग्राम नगरपालिकाका पुर्वमेयर नरेन्द्र गुप्ताविरुद्ध बैकिङ कसुरमा पक्राउ पुर्जी जारी

नवलपुर टुडे


नवलपरासी, भदौ १७ । नवलपरासीको रामग्राम नगरपालिकाका पुर्व मेयर नरेन्द्र कुमार गुप्ताविरुद्ध बैकिङ्ग कसुर सम्बन्धि मुद्धामा पक्राउ पुर्जी जारी भएको छ । बैकिङ्ग कसुर सम्बन्धि मुद्धामा जिल्ला अदालत पशिचम नवलपरासीले पक्राउ अनुमति जारी गरेको हो ।
उनीविरुद्ध सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ ठेगाना भएका परासी निवासी बिनोद शाह कलवारले प्रहरीमा जाहेरी दिएका थिए ।गुप्ताले ७५ लाख रुपैयाँ शाहसँग लिएको र भुक्तानीका लागी दिएको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी गरेका थिए ।
उक्त मुद्धामा दोषी ठहर भए जरिवाना र सजाय दुवैको व्यवस्था छ । तर अदालतले पक्राउ आदेश जारी गरेको झन्डै एक महिना हुन लाग्दासमेत हालसम्म उनलाई प्रहरीले पक्राउ गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहराले अदालतले पक्राउ पुर्जी जारी गरे पछि फरार भएकाले गुप्ताको खोजी भइरहेको तर फेला नपरेको बताए ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















