रुपन्देहीबाट होटलमा बन्धक बनाएर युवतीमाथि सामुहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

नवलपुर टुडे


भैरहवा । तालिममा सहभागी गराउने भनेर बोलाएकी युवतीलाई होटेलमा पुर्याएर सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवकलाई पक्राउ गरेको छ । डेढ साताअघि गाउँकै तीन व्यक्तिले ती किशोरीलाई तालिममा सहभागी गराउने भन्दै होटलमा पुर्याएको प्रहरीले जनाएको छ ।
झुक्याएर होटलमा पुर्यााएपछि बन्धक बनाएर तीन जनाले बलात्कार गरेको युवतीका आफन्तले बताएका छन् । शनिबार पीडितको जाहेरी प्राप्त भएपछि आरोपित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मनोहर भट्टले जानकारी दिए । ‘पीडितलाई जिल्ला प्रहरी बोलाएका छौं, थप बुझेर घटनास्थल यकिन गरेपछि कारबाही थाल्छौं’, उनले भने ।
भदौ ५ गते कोटहीमाई–६, का मनोहर चौधरी (कुर्मी) ले तालिममा सहभागी गराउने भन्दै युवतीलाई मोटरसाइकलमा राखेर होटेलमा पुर्याएको स्थानीयले जानकारी दिएका छन् । त्यसपछि भैरहवा नजिकै बनगाईमा रहेका कोटहीमाई–५, का (मर्चवार अनलाइनका संस्थापक मुकेश (कुर्मी) चौधरी (पत्रकार) र कोटहीमाई–३, का शैलेशकुमार पाण्डे पनि उक्त होटेलमा पुगेका थिए । युवतीका आफन्तले ती युवाले लुम्बिनीको एक होटेलमा पुर्याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएका छन् ।
होटेलमा पुर्याएपछि अरु सहभागी नदेखेर युवतीले घर फर्किने भनेपछि युवाहरूले अन्य सहभागी आउँदै भनेर रोकेको युवतीका आफन्तले बताए । भदौ ६ गते बिहान मुकेशले नै युवतीलाई गाउँ नजिक ल्याएर छाडेका थिए । लोकलाजले घटना लुकाएको जानकारी दिंदै कोटहीमाईका एक स्थानीयले भने, ‘दुई दिनअघि मात्रै गुप्ताङ्गबाट धेरै रगत बगेपछि घटना खुल्यो, अहिले युवतीको उपचार गराइएको छ ।’
घटना खुलेपछि युवतीका दाइले मुकेशलाई भेट्न बोलाएका थिए । त्यसक्रममा आरोपितमाथि कुटपिट भएको थियो ।त्यसपछि अन्य दुई जनाको सहभागिताबारे खुलेको ती व्यक्तिले बताएका छन् । स्थानीयका अनुसार मनोहर कोटहीमाई गाउँपालिकाका शिक्षा प्राविधिक सहायक हुन् ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















