विद्यालयलाई खेलकुद र फिल्टर सामाग्री मनिराम सापकोटाद्वारा सहयोग


बाजुरा, भदौ १५। भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद सामाग्री र फिल्टर हिमाली गाउँपालिका अमिन मनिराम सापकोटाद्वारा सहयोग गरिएको छ।
हिमाली गाउँपालिका केन्द्र बिन्दुमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद सामाग्री भलिबल दुई, नेट एक वटा र विद्यालय कार्यालयका लागि फिल्टर हिमाली गाउँपालिका अमिन मनिराम सापकोटा द्वारा सहयोग गरिएको छ। एक महिनाको तलब केही पैसा खर्च गरेर विद्यालय विद्यार्थीहरुको खेलक्षेत्रमा आगामी दिनमा राम्रो तयारी गर्ना भन्ने हिसाबले भलिबल र नेट विद्यालयमा गएर विद्यार्थीहरुको हातमा हस्तान्तरण गरेको हिमाली गाउँपालिका अमिन मनिराम सापकोटाले बताए।
विद्यार्थी भलिबल र नेट संगै विद्यालयका लागि पानी शुद्धिकरण गरेर पिउने फिल्टर सहित सामाग्री प्रधानाध्यापक धर्मराज पाण्डेलाई हस्तान्तरण गरेको छ। विद्यालय विद्यार्थी तथा प्रधानाध्यापक सानोतिनो सहयोग स्कुलले पाँउदा खुशी व्यक्त गरेका छन। अझै सात सहयोग रहिरहने छ। विद्यार्थीका लागि भलिबल केही सिकाइको अभ्यास हुने भएको प्रधानाध्यापक धर्मराज पाण्डेले बताए। यो भन्दा अगाडि पनि विद्यालय भलिबल र नेट उपलब्ध गराएको हो। अहिले दोस्रोपटक सहयोग गरिएको उनको भनाइ छ।
विद्यालय विद्यार्थी खेल क्षेत्रमा केही हौसला जागरूकता होलान् जुन सिकाइ माध्यमलाई प्रभावकारी गराउन आफ्नो मुख्य लक्ष्य रहेकोे हो। आउँदा बाकी दिनहरूमा पनि सानोतिनो व्यक्तिगत सहयोगको सधै लागी पर्ने सापकोटाले बताए।























