अपराध

यस्ता पनि छोरा : रोल्पामा आफ्नै आमामाथि बलात्कार

नवलपुर टुडे
२०८१ भदौ १५ | बिहान ०६:०५ बजे

रोल्पा । नेपाली समाजमा आमाको स्थान भगवान भन्दा पनि माथि हुन्छ । तर, कहिलेकाँही भगवान मानिएका आमाहरुका सन्तान ‘राक्षस’ जस्ता पनि निस्किन्छन् ।

यस्तै ‘कुपुत्र’ ले रोल्पाको त्रिवेणी गाउँपालिकामा सिङ्गो समाजलाई लज्जित बनाउने घटना घटाएका छन् । यहाँका एक २९ वर्षीय युवक ५६ वर्षीया आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । रोल्पा प्रहरीका अनुसार शुक्रबार मध्यरातमा सुतिरहेकी आमामाथि मुख छोपेर चिच्याउन नदिई जबरजस्ती करणी गरिएको थियो ।

बलात्कारमा परेकी आमाले घटनाबारे छोरीलाई जानकारी गराएकी थिइन् । आरोपितको बहिनीको उजुरीपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो । आमालाई बलात्कार गर्ने ती पुरुषले भने आफूले सो बेला मदिरा (रक्सी) सेवन गरेको र आफू होशमा नरहेको हुँदा के–के भयो भन्नेबारे केही थाहा नपाएको प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता, प्रहरी निरीक्षक केशवराज बराकोटीले इलाका प्रहरी कार्यालय होलेरीमार्फत हाडनाता करणी अन्तर्गत थप अनुसन्धान भइरहेको जानकारी दिए । 

कमेन्टहरु