अपराध

पश्चिम नवलपरासीबाट एकैदिन २५ जना फरार प्रतिवादी पक्राउ

नवलपुर टुडे
२०८१ भदौ १४ | मध्यान्ह ०६:०५ बजे

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले एकैदिन अदालतबाट दोषी ठहर भई कैद भुक्तानी नगरी फरार रहेका २५ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेका छन ।

photo 2024 08 30 18 42 11

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत शुक्रबार जिल्ला प्रहरी तथा मातहत प्रहरी कार्यालयहरूबाट प्रहरी टोलीले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्धाका २५ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुबाट २ वर्ष ८ महिना ५ दिन कैद र २६,९४३ रुपैयाँ जरिवाना असुल भएको छ, भने उनीहरुलाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत परासी बुझाएको बोहराले बताए ।

अभियान अन्तरगत यस हप्ताको पछिल्लो ५ दिनमा ७९ जना पक्राउ परेको र अभियान निरन्तर रुपमा संचालन हुने बोहराले बताए ।

कमेन्टहरु