नवलपुरमा दोहोरो नागरिकता लिन खोज्ने बागलुङका एक युवक पक्राउ


कावासोती, भदौ १३ । पुर्वी नवलपरासीमा झुटो विबरण पेश गरी दोहोरो नागरिकता लिन खोज्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गैडाकोट नगरपालिका- ५ बस्ने वलराम सापकोटाको छोरा बर्ष २८ को अर्जुन सापकोटा रहेको छ ।
उनले पहिलो पटक जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट मिति २०७३।०४।१४ गते ना.प्र.प.नं. ३६२०२६-२५८३ नं. को नेपाली नागरीकता लिएकोमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व) बाट पुन: नेपाली नागरिकता बनाउन जन्म मिति लगायतका सम्पुर्ण विवरण झुठ्ठा पेश गरी दोहोरो नागरीकता लिन खोजेको आरोपमा पक्राउ गतिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिए ।
उनलाई कानुन बमोजिम गरी पाउ भन्ने समेत व्यहोराको जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व) बाट प्राप्त पत्र जाहेरीको आधारमा प्रतिवादी अर्जुन सापकोटालाई पक्राउ गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(६) बमोजिम दोहोरो नागरिकता शिर्षकमा सम्मानित नवलपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको पौडेलले बताए।























