नाबालिकालाई यौन धन्दामा लगाएर पैसा कमाउने गेष्ट हाउस साहु पक्राउ

नवलपुर टुडे


काठमाडौं । नाबालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका ४२ वर्षीय राजु शाही छन् ।
मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरमा खाजाघर एण्ड गेष्ट हाउस खोलेका थिए । सोही गेष्ट हाउसमा उनीहरूले बालिका तथा युवतीलाई जबरजस्ती यौन धन्दामा लगाउँदै आएका थिए । घटनास्थलबाट प्रहरीले पाँच बालिकालाई उद्धार गरेको छ ।
प्रहरीका अनुसार उनीहरूलाई आर्थिक अवस्था कमजोर भएका बालिकालाई सरसफाइ तथा भाँडा माझ्ने काम गर्न भनेर गेष्ट हाउसमा ल्याउँथे । उनीहरूलाई कोठामा थुन्थे, अनि सम्पर्कमा आएका ग्राहकसँग जबरजस्ती यौन सम्पर्क गर्न लगाउँथे ।
प्रहरीका अनुसार बालिकाहरूलाई प्रतिदिन ६ जनासम्म ग्राहकसँग यौन सम्पर्क गर्न लगाउँथे । प्रतिग्राहक पाँच सय रुपैयाँ दिने भनिए पनि आर्थिक शोषण समेत गर्दै आएका थिए । गेष्ट हाउस बाहिर लैजाने ग्राहकसँग भने उनीहरूले प्रतिरातको आठ हजार रुपैयाँ असुल्ने गरेको पाइएको छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















