नवलपरासी प्रहरीले आज पनि १६ जना फरार प्रतिवादीहरु पक्राउ


नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले आज पनि एकैदिन अदालतबाट दोषी ठहर भई कैद भुक्तानी नगरी फरार रहेका १६ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेका छन ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बुधबार जिल्ला प्रहरी तथा मातहत प्रहरी कार्यालयहरूबाट प्रहरी टोलीले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्धाका १६ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुबाट २ वर्ष १ महिना १९ दिन कैद र १,२५,९५० रुपैयाँ जरिवाना असुल भएको छ, भने उनीहरुलाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत परासी बुधबार बुझाएको बोहराले बताए ।
प्रहरीले मंगलबार अदालतबाट दोषी ठहर भई कैद भुक्तानी नगरी फरार रहेका १७ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत बुझाएको थियो। उनीहरुबाट १३ बर्ष १ महिना १९ दिन कैद र रु. ५,९०,७००/- जरिवाना असुल भएको थियो

यसअघि आर्थिक वर्ष २०८०/०८१ मा समेत फैसला कार्यान्वयन तर्फ ५०९ जना फरार प्रतिबादी पक्राउ गरी कुल १७९ वर्ष ९ महिना २१ दिन कैद र ६६,५८,६५१ जरिवाना असुल गरिएको थियो ।























