भारत पुर्याएर मृगौला तस्करी आरोपमा शंकर र शान्तिमाया पक्राउ

नवलपुर टुडे


काठमाडौं । भारतको कोलकाता पुर्याएर मानव अंग मिर्गौला तस्करी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ की ४२ वर्षीया शान्तिमाया घलान छन् ।
पीडितको जाहेरीका आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले बेचबिखनमा संलग्न रहेकामध्ये शंकर खत्रीलाई आइतबार र अर्की प्रतिवादी शान्ति माया घलानलाई आज पक्राउ गरिएको हो । उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट नौ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । उनीहरूको समूहले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई मिर्गौला बिक्री गरे १० लाख रुपैयाँसम्म कमाउन सकिने बताउने गरेको पाइएको छ । उनीहरूले मानिसको शरीरमा दुई मिर्गौला हुने भएकाले एउटा झिक्दा अर्कोले राम्रोसँग काम गर्ने भएकाले केही समस्या नहुने बताउने गरेको अनुसन्धानमा खुलेको व्यरोले जनाएको छ । अझ मिर्गौला दिएमा धर्म हुन्छ भन्ने समेतको प्रलोभन देखाउँथे ।
जाहेरवालाको स्वास्थ्य परीक्षण गराएर यकिन गरी काठमाडौंबाट वीरगञ्ज जाने सुमोमा चढाएर वीरगञ्जबाट भारतको कोलकाता पुर्याएका थिए । त्यसपछि जाहेरवालाले भारतमा पुगेपछि मिर्गौला प्रत्यारोपण गर्न इन्कार गरेका थिए । तर, उनलाई विभिन्न किसिमको धम्की दिएर जबरजस्ती मिर्गौला प्रत्यारोपण गराएको खुलेको ब्युरोले जनाएको छ ।
अनुसन्धानबाट मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परिवारभित्रको व्यक्ति भनेर विश्वास दिलाउन जाहेरवालाको नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजातहरू झुट्टा बनाएर मिर्गौला प्रत्यारोपण गरेको खुल्न आएको छ । प्रलोभनमा पार्ने, आन्तरिक ट्रान्सपोर्ट गर्ने, नेपालबाट भारतको कोलकाता पुर्याउने, रकम डि गर्ने कामहरू फरकफरक व्यक्तिहरूले गरेको खुलेको छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















