नवलपरासी प्रहरीले एकैदिन १७ जना फरार प्रतिवादीहरु पक्राउ


नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले एकैदिन अदालतबाट दोषी ठहर भई कैद भुक्तानी नगरी फरार रहेका १७ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेका छन ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मंगलबार जिल्ला प्रहरी तथा मातहत प्रहरी कार्यालयहरूबाट प्रहरी टोलीले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्धाका १७ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुबाट १३ बर्ष १ महिना १९ दिन कैद र रु. ५,९०,७००/- जरिवाना असुल भएको छ, भने उनीहरुलाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत परासी मंगलबार बुझाएको बोहराले बताए ।

यसअघि आर्थिक वर्ष २०८०/०८१ मा समेत फैसला कार्यान्वयन तर्फ ५०९ जना फरार प्रतिबादी पक्राउ गरी कुल १७९ वर्ष ९ महिना २१ दिन कैद र ६६,५८,६५१ जरिवाना असुल गरिएको थियो ।























