नवलपरासीमा लागुऔषधसहित पाल्पा बर्तुङका युवक पक्राउ


नवलपरासी, भदौं ११ । नवलपरासीबाट प्रतिबन्धित लागुऔषधसहित पाल्पाका एक जना युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा पाल्पा तानसेन नगरपालिका- ११ बर्तुङ बस्ने बर्ष १८ को श्याम मगर रहेका छन ।
उनको साथबाट नुफिन ३९ एम्पुल, डाईजापाम ३९ एम्पुल, फेनारगन ३९ परिणामको एम्पुलसहितग १७ प ८२९७ नं. को स्कुटर थान १ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले मंगलबार अन्दाजी ३:४५ बजेको समयमा रामग्राम नगरपालिका- ४ ललितपुरस्थित उखुबारीमा रहेको छाप्रो भित्र १७ प ८२९७ नम्बरको स्कुटर रोकी शंकास्पद अबस्थामा भेटाई चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त परिणामको लागुऔषध फेला पारी तत्काल स्कुटर र उनलाई नियन्त्रणमा लिएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय परासीको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको बोहराले बताए ।























