तुलसीपुरबाट तीन युवा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ

नवलपुर टुडे
२०८१ भदौ ५ | मध्यान्ह ०५:०५ बजे

प्रमोद सहनी
दाङ । तुलसीपुर उपमहानगरपालिका – ६ का सरोज डाँगी र बिक्रम श्रेष्ठ र तुलसीपुर – १७ का शान्तराज योगीलाई दुई सय ७० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद तिमल्सिनाले जानकारी दिएका छन् ।
तुलसीपुर – १७ मा ब्राउन सुगरको अबैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले भदौ २ गते उनीहरुलाई तुलसीपुर – १७ बाट नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
पक्राउ परेका तीन जना बिरुद्ध अदालतबाट म्याद थप भइ अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।























