एमालेबाट निर्वाचित वडाअध्यक्ष साहमाथि यौन शोषणको आरोप


रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिका- ९ सोनरनियाका वड़ा अध्यक्ष माथि गाउँकै एक महिलाले यौन शोषण गरेको आरोप लगाएका छन । बिबाहको प्रलोभन दिएर बिगत ५ बर्षदेखि वड़ा अध्यक्ष श्यामकिशोर साहले यौन शोषण गर्दै आएको पीडि़त महिला बिनीता देवी महतोले आरोप लगाएकी हुन ।
आइतवार संचारकर्मीहरुसंग कुरा गर्दै महतोले कोरोना भाइरसको प्रकोप आउनु भन्दा २ महिना अघिदेखि आफु संग प्रेम सम्बन्ध राखेको उल्लेख गरिन। जग्गा बिक्रीको शिलशिलामा गएको बेला अरुबाट मेरो मोबाईल नम्बर
लिएर फोन गरेर रिलेशनशिपमा बस्न तथा बिबाह गर्न प्रस्ताव गरेको भन्दै २ वर्षसम्म मलाई बीरगंजमा राखी यौन शोषण गरेको पीडित महिलाले बताइन् ।
गेनालाल महतोको श्रीमती रहेकी पीडि़त महिलाले लोग्ने संग सम्वन्ध बिगारेर आज बिबाह गरी घरमा राख्न समेत वड़ा अध्यक्ष साहले इन्कार गरिदिएकोले बाटोमा आएको दुखेसो पोखिन। दोस्रो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका साहले बिबाह गरेर आफ्नो घरमा राख्न नमानेकोले न्यायको लागि मिडियाको सहारा लिएको पीडि़तले बताइन।
उनले वड़ा अध्यक्ष साहले गरेको यौन सम्पर्कको कारण गर्भमा भएको ३ वटा बच्चा गर्भपतन गराइएको दावी गरिन । बीरगंजमा राखेर घर खर्चसमेत दिदै आएका मौलापुर नगरपालिका –९ को वडा अध्यक्ष अहिले घरमा राख्न तथा खर्च दिन समेत छाडेको पीडित महिलाले बताइन् ।
न्यायको लागि इलाका प्रहरी कार्यालय मौलापुरमा उजुरी दिदा दबाबमा गाउँका आश महमद समेतका व्यक्तिले मिलापत्र गराएको र सो बमोजिम पनि वड़ा अध्यक्ष साहले कार्य नगरेको भनाइ उनको रहेको छ । मेरो लोग्नेले पनि छोड़ी दियो र बिबाह गरेका वड़ाअध्यक्ष साहले पद र पवारको दम्भमा बेवास्ता गरेको उनले भने अव न्यायको लागि बाध्य भएर मिडियाको सहारा लिएको हुँ उनले भने ।मिडियाले न्याय दिलाउन मदत गर्छ भने विस्वास रहेको पनि उनले बताईन ।
शारीरिक शोषन, मानसिक यातना, शारीरिक यातना दिने गरेको वड़ा अध्यक्ष साह माथि कानूनी कार्यवाही गर्नुको साटो प्रहरीले राजनितिक दवावमा मिलापत्र गरेको पीडि़तले बताइन। वड़ा अध्यक्ष साहले ७ लाखको चेक दिएपनि सो चेक मेरो नाउमा नरहेको त्यों चेक कार्यपालिका सदस्य आश महमदले नै राखेको बताइन् । आफ्नो हक अधिकार र न्यायको लागि आवाज उठाउदा ज्यान मार्ने धम्की दिने गरेको सुनाए ।
न्याय नपाए ज्यान दिने समेत पीडि़त महिलाले दुखेसो पोखिन। सार्वजानिक पद धारण गरेका वड़ा अध्यक्ष साहको रबैया देखेर गाउँका स्थानीयले नकारात्मक टिपण्णी गर्ने गरेका छन । वड़ा अध्यक्ष साह राजनितिक विषय लिएर केहि विपक्षीले मलाई बदनाम गराउने उदेश्यले झूठो आरोप लगाउन लागेको दावी गरेका छन । झूठो आरोपको दावी गरिरहेका साहको पीडि़त महिला संग गरेको कुराकानीको ऑडियो रेकर्डले पीडि़त महिला संगको प्रेम सम्बन्धलाई पुष्टि गरेको छ ।






















