अर्थ, समाज

बर्दघाटमा नवील बैकको सामाजीक उद्यमशिलता कार्यक्रम सम्पन्न

नवलपुर टुडे
२०८१ साउन ३१ | मध्यान्ह ०९:०४ बजे

नवलपरासी, साउन ३१ । नवील बैकको सहकार्यमा पश्चिम नवलपरासीको बर्दघाटस्थित दिब्यज्योती बहुमुखी क्यापसमा सञ्चालीत नवील सामाजीक उद्यमशिलता कार्यक्रम अन्तर्गत पहिलो ब्याचका प्रशिक्षार्थीलाई दिक्षान्त गरिएको छ । 

एक कार्यक्रम विच द्धिक्षित हुने प्रशिक्षार्थीहरुलाई बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, चौधरी फाउण्डेसनकी सचिव एवंम् समाजसेवी सारीक चौधरीले संयुक्त रुपमा प्रमाणपत्र बितरण गर्नुभयो । सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले चौधरी फाउण्डेसन र नवील बैकको सहकार्यमा भएको नवील सामाजीक उद्यमशिलता कार्यक्रमबाट यस क्षेत्रमा युवा उद्यमशिलतको दृष्टिकोणले नंया आयाम स्थापना हुने विस्वास ब्यक्त गर्नुभयो ।

सो अवसरमा क्याम्पस सञ्चालक समिती अध्यक्ष पुन्य प्रसाद पौडेल, क्याम्पस प्रमुख सागर मणी पाण्डे, नवील बैकका लुम्विनी प्रादेशिक प्रमुख अमीक केसी, चौधरी फाउण्डेसनका प्रवन्ध निर्देशक मेरीना रन्जीत, प्रशिक्षार्थीद्धय दिपक बहादुर गुरुङ्ग, योगमाया गुरुङ्ग लगायतले उक्त कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नुभयो । 

पहिलो ब्याचको कार्यक्रममा २५ जना युवा युवती सहभागी भएको थिए । संघीय सांसद बिनोद चौधरीले यस क्षेत्रमा युवा युवतीलाई ब्यापार ब्यवासाय साथै उद्यमशिलता तर्फ अग्रसर बनाउन यस प्रकारका कार्यक्रम ल्याउने सहजीकरण गर्नुभएको हो । 

कार्यक्रममा सहभागी भएको युवा युवतीलाई उद्यमशिलता तर्फ अघि बढाउने नवील बैकले आवश्यकता अनुसार ब्यापारको योजना अनुसार न्युनत्तम ब्याजमा कर्जा प्रवाह गर्ने छ । करिव ६ महिनासम्म चलेको उक्त कार्यक्रममा समग्र रुपमा ब्यापार ब्यवसायको अध्ययन, ब्यापार गर्ने तरीका, बजारीकरणको अध्ययन, आपुर्ति र माग साथै ब्यापारको दिर्घकालीन बिषय बस्तु वारे प्रशिक्षण दिइएको थियो ।

कमेन्टहरु