रौतहटमा चक्कु प्रहारबाट बृद्धको हत्या

अशोक यादव
२०८१ साउन ३० | बिहान ११:०४ बजे

रौतहट । रौतहटमा एक बृद्धको चक्कु प्रहारबाट हत्या भएको छ । रौतहटको गौर-५ कोईरी टोल निवासी ७७ बर्षीय स्थानीय अनिरुद् महतो कोईरीलाई चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा बुधबार धानकाे खेतमा शब फेला परेकाे हो ।
घटना स्थलमा प्रहरी उपरिक्षक दिलिप घिमिरे, प्रहरी नायब उपरिक्षक एलिजा गिरी, प्रहरी निरीक्षक उमाशंकर गुप्तासहितको टोली पुगि घटना बारे मुचुल्का उठाउने प्रक्रिया अगाडि बढाएका छन् ।
घटना स्थल पुगेका गौर नपाको मेयर शम्भु साह र वडा अध्यक्ष शिबशंकर यादबले घटनामा संलग्नलाई यथाशिघ्र पक्राउ गरी सार्वजनिक गर्न माग गरेका छन् ।























