Opens in a new tab

सुदूरपश्चिममा अध्यादेश सर्वसम्मतले स्वीकृत

नवलपुर टुडे

29Shares
dida bag ad

धनगढी, साउन २९। सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१ प्रदेश सभाबाट सर्वसम्मतले स्वीकृत भएको छ ।

आज बसेको प्रदेश सभा बैठकले सो विधेयकलाई सर्वसम्मतले स्वीकृत गरेको हो। बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नु भएको थियो।

चालु आर्थिक वर्षमा प्रदेशमा राजस्व सङ्कलन गर्न अधिकार प्रदान गर्ने कानुन निष्प्रभावी भएको अवस्थामा कानुन बमोजिम नियमित राजस्व सङ्कलन गरी सेवा सुचारु गर्नका लागि संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले अध्यादेश जारी गर्नुभएको थियो।

यसैगरी, ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ।आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीको प्रस्तावमा सर्वसम्मतले सो विधेयकलाई समितिमा पठाइएको छ । 

यस्तै, विधायन तथा प्रदेश मामिलाका सभापति दिवानसिंह विष्टले प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भई तयार भएको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नु भएको छ।अर्को बैठक मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।

सभाबाट अध्यादेश स्वीकृत गर्नका लागि प्रस्ताव पेस गर्नुहुँदै मन्त्री बहादुरसिंह थापा।

अरुपनि पढ्नुहोस

सबै

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे