कोहलपुरमा चिट चोराउने दुई पक्राउ

नवलपुर टुडे


नेपालगन्ज, साउन २५ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर –१४ मा रहेको राम माध्यमिक विद्यालयबाट चिट चोराउन खोज्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कोहलपुर ११ का साईमल कार्की र १२ का अर्जुन थारु छन् ।
शुक्रवार गणित विषयको परीक्षा सञ्चालन भइरहेका बेला विद्यालयको पछाडिबाट चिट चोराउन खोज्ने कार्की र थारुलाई प्रहरीले पक्राउ गरेको राम माविका प्रधान अध्यापक जितेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार पर्खालबाट माथि चढेर चिट चोराउन खोज्ने दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार चिट चोराउन खोज्नेलाई नियन्त्रणमा लिइसकेको र उनीहरुलाई परीक्षा केन्द्रका प्रमुखले कारवाहीका लागि निवेदन दिएपछि कारवाही हुने बताउनुभयो ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















