अपराध

पर्साबाट ५ केजी गाँजासहित दुई जना पक्राउ

नवलपुर टुडे
२०८१ साउन २४ | बिहान ०९:०४ बजे

पर्सा । पर्सा प्रहरीले अबैध ५ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई विशेष सुचनाको आधाआ साउन २२ गते पक्राउ गरिएको हो ।

उनीहरुलाई सखुवाप्रसौनी गाउँपालिका- ५ सोलखपुरस्थित महुवन पर्टेवासुगौली सडक खण्डमा पर्टेवासुगौलीबाट महुवन तर्फ आउदै गरेको ना ३८ प १८२५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी महुवन पर्साबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा गाँजा फेला पारी पक्राउ गरिएको सुचना अधिकारी दिपक भारतीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका- ७ बस्ने बर्ष ३३ का मोटरसाइकल चालक बालेश्वर प्रसाद यादव र सोही स्थान बस्ने बर्ष ५५ का देबेन्द्र यादव रहेका छन । उनीहरुले शरीरमा लुकाई छिपाई २.५/२.५ केजीको दरले गाँजा ल्याएका थिए । पक्राउ पर्ने दुबै जनालाई इलाका प्रहरी कार्यालय पोखरिया पर्साको हिरासतमा राखी लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको भारतीले बताए ।

कमेन्टहरु