कावासोतीमा ८ लाख बढीको नगद र गरगहना चोरी

नवलपुर टुडे


नवलपुर । नवलपुरको कावासोती १६ तिनघरमा चोरी भएको छ । घरमा कोही नभएको मौका पारी कावासोती १६ तिनघरस्थित हुमलाल विकको घरमा चोरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले घरबाट एक लाख ५० हजार नगद, औठी, तिलहरी, सिक्रीलगायतका गरी पाँच तोलाबराबरको सुनको गरगहना, खुत्रुकेमा बचत गरेको रकम, काँसका भाडाकुडा गरी ८ लाख बढीको नगद र गरगहना चोरी बताउनुभयो ।
केही अपरिचित व्यक्तिहरुले घरको मुलगेटको ताला फोरी चोरी गरेको प्रहरीले जनाएको छ। हुमपाल विक कावासोती १ हात्तीखोरमा आफ्नो दाजुको मृत्यु भएको घर गएका थिए। घटनास्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान गर्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















