महिलामाथि सामूहिक बलात्कार गर्ने तीन विद्यार्थी पक्राउ

नवलपुर टुडे


चितवन, साउन १८ । चितवनमा एक मानसिक बिरामी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन विद्यार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको एक प्राविधिक शिक्षालयमा अध्ययनरत १७, १८ र २३ वर्षका तीन जनाले शनिबार साथीको जन्मदिन मनाएर फर्कँदै गर्दा बाटोमा ती महिलालाई भेटेका थिए। त्यसपछि एकजना विद्यार्थीको कोठामा लगेर तीनै जनाले बलात्कार गरेको पाइएको डिएसपी रिजालले जानकारी दिए ।
चितवनको माडी नगरपालिका-६ की ३७ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन विद्यार्थी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार उनीहरुमाथि असार १५ गते शनिबार राति खाना खाएर सुत्नका लागि घर फर्किँदै गरेकी महिलामाथि बलात्कार गरेको आरोप छ।
उनीहरूलाई बिहीबार जिल्ला अदालत चितवनबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















