अपराध

नवलपरासीबाट प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ

नवलपुर टुडे
२०८१ साउन १६ | मध्यान्ह ०४:०४ बजे

नवलपरासी, साउन १६ । पश्चिम नवलपरासीबाट मंगलबार प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका- १ भिठ्ठा बस्ने बर्ष २८ को अजय यादव रहेका छन ।

प्रहरीका अनुसार यादवलाई मंगलबार राती १०:३५ बजेको समयमा बाउनगढीस्थित भित्री सडकखण्डमा अमहवादेखी गोपिगंज तर्फ आउदै गरेको युपि ५६ एक्स ००४२ नम्बरको भारतीय मोटरसाइकलमा आउदै गर्दा शंका लागि ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिक भित्र लुकाई ल्याएको प्रतिबन्धित लागुऔषध फेला पारी पक्राउ गरिएको हो ।

चेकजाँज गर्नेक्रममा उनको साथबाट प्रोसिको स्पास ४७७ ट्याब्लेट, नाईट्रोभेट ८८ ट्याब्लेट, ओनिरेक्स- १०० एमएलको ३ सिसि र सिरिङ्ज २ थान बरामद गरेको सुचना अधिकारी एवम प्रहरी नाय्व उपरीक्षक रेशम बोहराले जानकारी गराए । उनलाई बुधबार लागूऔषध सम्वन्धि कसुर शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको बोहराले जानकारी दिए ।

प्रतिबन्धित लागुऔषध मुद्धामा दोषी भए लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४ `झ´ अनुसार उल्लेखित कसुर गर्ने कसुरदारलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि बीस लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी ब्यबस्था रहेको छ ।

कमेन्टहरु