कारागार कार्यालय नवलपरासीका प्रमुख दत्त घुस लिँदै गर्दा पक्राउ

नवलपुर टुडे


नवलपरासी । कैदीबन्दीलाई चौकीदार बनाउन घुस लिँदै गर्दा कारागार कार्यालय नवलपरासीका प्रमुख प्रशासक विनोदकुमार दत्त पक्राउ परेका छन् । उनलाई डेढ लाख रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनलाई कार्यालयमा रहेको निवासबाट आइतबार पक्राउ गरिएको हो ।
कारागार प्रशासक दत्तले कारागारका एक कैदीबन्दीलाई चौकीदार बनाइदिने भन्दै रकम लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको अख्तियारको भनाइ छ ।
कारागारमा रहेका कैदीबन्दीबाट चौकीदार छनोट गर्ने चलन छ । कारागार, प्रहरी र प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित समितिले छनोट गर्छ । अख्तियार प्रवक्ता नरहरि घिमिरेका विराटनगर महानगरपालिका निवासी उनको साथबाट घुस लिइसकेको १ लाख र स्रोत नखुलेको ५० हजार बरामद भएको उल्लेख छ ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















